बुधबार, जेठ १, २०८२

थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार

नेपालखोज २०८१ साउन ३२ गते १६:५२

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एक विज्ञप्तिमार्फत उनीहरूलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

गाउँपालिकाकाले हिम पहिरो फुटेकोले बाढी आएको आशंका गरेको छ । बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया