अवरुद्ध अरनिको राजमार्ग खुल्याे
नेपालखोज
२०८१ भदौ १ गते १२:३४

प्रतीकात्मक तस्बिर
काभ्रे । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक खुलाएको प्रहरी चौकी पाँचखालले जनाएकाे छ । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया