बुधबार, जेठ १, २०८२

दुईवटा पोखरी फुटेर थामेमा बाढी आएकाे पुष्टि, थप दुई पोखरी उच्च जोखिममा

नेपालखोज २०८१ भदौ १ गते १३:५१

काठमाडाैं । थामे खोला र दुधकोशी नदीमा बाढी थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ । रक्षामन्त्रीसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको हाे । 

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जनाएकाे छ । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

प्रतिक्रिया