पराष्ट्रमन्त्री राणा भारतको औपचारिक भ्रमणमा जाँदै
नेपालखोज
२०८१ भदौ २ गते ६:५६

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् ।
उनका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।
परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
सम्बन्धित
प्रतिक्रिया