बुधबार, जेठ १, २०८२

सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियाे

नेपालखोज २०८१ भदौ ३ गते १८:३१

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा जनाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं। ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया