सातै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति पनि भारी वर्षा हुने

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पट्ठर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकोछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाहाखाले जनाएकाे छ ।
प्रतिक्रिया