मंगलबार, वैशाख ३०, २०८२

मधेश प्रदेशमा बिहानैदेखि भारी वर्षा, कोशी, बागमती र लुम्बिनीमा पनि भारी वर्षा हुने

नेपालखोज २०८१ भदौ ७ गते ६:०९

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । साथै मधेशका प्रदेशका एक/दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षा समेत भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशरूका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएकाे छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया