शुक्रबार, जेठ ३, २०८२

मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण सुरु

नेपालखोज २०८१ असोज २९ गते २०:१८

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ती दुवै भाषामा समाचार सम्प्रेषण गरी सेवा सुरुआत गरे ।

गत माघदेखि स्थानीय ‘अवधी’ भाषा समाचार सेवा सञ्चालन गरिसकेको राससले आजदेखि मैथिली र नेपाल भाषामा पनि समाचार सेवा प्रारम्भ गरेको हो । संविधानमा व्यवस्था भएअनुरूप राससले समावेशी चरित्रका रूपमा मातृभाषामा समाचार सेवा दिन सुरू गरिसकेको छ ।

राससका कार्यकारी अध्यक्ष झाले संविधानको भावनाअनुरूप राससलाई समावेशी बनाउने लक्ष्यका साथ थप दुई मातृभाषामा समाचार सेवा प्रारम्भ गरिएको बताए । ‘राज्यको लगानी रहेको राससमार्फत आम व्यक्तिका सूचना र जानकारी आम नागरिकले उनीहरूकै भाषामा बुझ्नेगरी समाचार एवं सूचनाहरू प्राप्त गर्ने अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो सोच हो’, उनले भने, ‘त्यसआधारमा राससले मातृभाषामा समाचार सेवा सञ्चालनको जमर्को गरेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो । र, त्यसको प्रभाव निश्चित रूपमा पनि राससजस्तो राज्यद्वारा सञ्चालिन समाचार संस्थामा पर्दछ, जनताका अपेक्षाहरू हामीसँग पनि छन् । जनताले खोजेको र चाहेकै भाषामा सूचना प्रवाह गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।’

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लोकतन्त्रमा सूचनाको अत्यन्तै बढी महत्त्व हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले जति बढी सूचना छिटो सम्प्रेषित हुन्छ लोकतन्त्र त्यतिनै सबल हुने विश्वास व्यक्त गरे । संविधानले निर्दिष्ट गरेको सङ्घीयता, लोकतन्त्र, समावेशी अवधारणा अनुरूप आफ्ना काममार्फत कार्यान्वयन गर्ने सन्दर्भमा राससले मातृभाषामा समाचार दिने प्रयास गरेको उनले स्पष्ट पारे ।२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया