आधा कर्मचारीबाटै काम गराउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
नेपालखोज
२०७७ साउन २९ गते २१:१२
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकामा ५० प्रतिशत कर्मचारीहरु मात्रै काम गराउन बैंकहरुलाई निर्देशन दिएको छ।
नेपाल राष्ट्र बैंकले १४ बुँदे सर्कुलर जारी भेटघाट, जमघट गर्न पनि रोक लगाएको छ। साथै कोरोना परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका सबै कर्मचारीलाई होटलको क्वारेन्टिनमा राख्न र सो बापतको खर्च बैंकहरुलाई व्यहोर्न समेत निर्देशन जारी गरेको छ।
विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न भनेको हो।
सम्बन्धित
प्रतिक्रिया