आइतबार, जेठ ५, २०८२

स्टेच्यू अफ लिवर्टीको स्थापना दिवस

सुनिल उलक २०८१ कार्तिक १२ गते ७:५९

आज २८ अक्टोबर, आजको १३८ वर्ष अगाडि सन १८८६ मा अमेरिकी शहर न्यूयोर्कको बेडलोज टापु (Bedloe’s Island) मा फ्रान्सेली जनताको तर्फबाट उपहारमा प्राप्त गरिएको स्वतन्त्रताको देवी लिवटिसको भव्य मुर्ति स्थापित गरिएको थियो । यस कार्यक्रममा अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्डको उपस्थिति थियो । क्लोभल्याण्ड अमेरिकाको बाइसौ र चौबिसौ गरि दुइ पटक राष्ट्रपति भएका थिए ।

फ्रांसिली वास्तुकार यूजेन इमानुएल विओले ले दुक तथा एलेक्जेंडर गुस्तोव एफिल दुई जनाको संयुक्त मेहनतले तैयार गरिएको थियो । यो मुर्ति स्थापना भएको एक वर्ष पछि एलेक्जेंडर गुस्तोव एफिलले एफिल टावरको पनि डिजाइन गरेका थिए । उनकै नाममा यो टावर फ्रान्सको पेरिस शहरमा खडा छ ।

बेडलोज टापु कुनै बेला इसाक बेडलोको निजी सम्पती थियो । त्यसैले यो टापुको नाम नै बेडलोको टापु (Bedloe’s Island) रहन गयो ।  यही टापुमा फ्रान्सेली उपहारको मूर्ति स्थापना गरिएको धेरैपछि यो टापुको नाम लिवर्टी आइलैण्ड राखियो । रोमन स्वतन्त्रताको देवी लिवटिसको एक हातमा मशाल बोकेकी छिन भने अर्को हातले किताब च्यापेकी छन् । उनले बोकेको कितावमा रोमनमा ६ जुलाई १७७६ लेखिएको छ ।

जुन मिति अमेरिकी राज्य गठन भएको मिति हो । यस मूर्तिमा तामाको परत चढ़ाईएको छ । यस मुर्ति तैयार बनाउन ९ वर्ष भन्दा बढी समय लागेको थियो । सम्पूर्ण रुपमा मुर्ति फ्रान्समा तैयार गरिए पछि पानीजहाजबाट यस टापुमा ल्याई पून जोडिएको थियो । यस मुर्तिको उचाइ ४६ मीटर तथा आधार स्तम्भ सहित ९३ मीटर रहेको छ । यस मुर्तिको सम्पूर्ण वजन २०४ टन रहेको छ । जसमा तामा २७.२२ टन तथा स्टील ११३.४ टन रहेको छ । यस मुर्ति भित्र ३५९ सिढी तथा २५ वटा झ्याल रहेको छ ।

यस Statue of Liberty मा दैनिक सरदर १२००० भन्दा बढी भ्रमणको लागि आउने गर्दछन् । तस्बिरमा देखिएको Statue of Liberty को शिर मात्रै हो । अमेरिकामा लैजानु अगाडि फ्रान्सको पेरिसमा प्रदर्शनको लागि राखिएको देख्न सकिन्छ । यस शिरमा लिवर्टीको नाक ४.५ फुटको छ । दुई आँखा बिचको दुरी २.५ फुट छ । कान देखि कान सम्मको मोटाई १० फुटको छ । मुखको चौडाइ ३ फुटको छ । चिउँडो देखि तालुसम्मको लम्बाई १७ फुट ३ इन्च छ ।

प्रतिक्रिया