आइतबार, वैशाख २१, २०८२

बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब २७ करोड रुपैंयाँ निक्षेप राखिने

नेपालखोज २०८१ मंसिर २ गते १७:१५


काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले आईतबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि २०८१ मंसिर ११ गते देखि २०८२ मंसिर १० गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर चार गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि एक अर्ब एक करोड ६० लाख, बिकास बैकहरुको लागि १९ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ३५ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया