आइतबार, वैशाख २८, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

नेपालखोज २०८१ पुष २६ गते १३:३५

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित दमक नगरपालिका–४ फुलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र ३२ वर्षीया आरती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–१ अत्तरिया बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१४ घर भएका ३० वर्षीय अवतार हुसेन मातरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीय राज कुमार राना र सोही उपमहानगरपालिका–८ बस्ने ४२ वर्षीय भक्त रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले राज कुमारलाई ९० मिलिग्राम र भक्तलाई २ ग्राम २ सय ३० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष रानालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने २६ वर्षीय रंजित माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०३–०१५ प ७४१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ जोरसखुवा चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार क्याप्सुल, ट्रामानिल ९ सय क्याप्सुल र ट्रामाडोल १ सय क्याप्सुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुमित भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ सिद्धार्थ मार्गबाट नियन्त्रित लागूऔषध ट्रामोल ४२ हजार ६ सय क्याप्सुल सहित सोही ठाउँ डेरा गरी बस्ने हरिनगर गाउँपालिका–४ घर भएका ३१ वर्षीय अरसद अन्सारी र सोही गाउँपालिका–२ भुटाहा घर भएका ४५ वर्षीय जियाउल अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय गगन घिमिरेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय कमल चन्द समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका–४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङ बस्ने ४५ वर्षीय राम बहादुर तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय नेशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेशन र सोही ठाउँ बस्ने ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादको क्रममा पुस १४ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भु काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । हाल फरार खलासेको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँमा आफ्नै श्रीमती ३८ वर्षीया पार्बती सुनारको हत्या गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपल बस्ने ५२ वर्षीय दिल बहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिल बहादुरले विवादको क्रममा गए राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पर्साको वीरगंज महानगरपालिका–१६ श्रीरामचोकस्थित सडकमा मधेश प्रदेश ०३–००१ त ८२५१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१६ नगवा टोल बस्ने गणेश मल्लिकको छोरा ७ वर्षीय आदित्य मल्लिकको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको पाख्रीवास नगरपालिका–३ जौउटारस्थित सडकमा को.१ ज २६३९ नम्बरको पिकअप बोलेरो बिहीबार राति दुर्घटना हुँदा चालक पाख्रीवास नगरपालिका–९ उत्तरपानी बस्ने ३९ वर्षीय शुक्र बहादुर तामाङ र बोलेरोमा सवार सिराहा लहान नगरपालिका–५ बस्ने २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको छ । दुर्घटनामा प्रमोदको घटनास्थलमै र शुक्र बहादुरको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया