प्रधानमन्त्री ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने
नेपालखोज
२०८१ फागुन २३ गते ११:५२

काठमाडौं । फागुन २७ गते कोशी प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्रीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय गरेको छ । ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया