शुक्रबार, वैशाख १२, २०८२

काठमाडौंमा प्रोटोनको नयाँ विद्युतीय सवारी e.MAS7 सार्वजनिक

नेपालखोज २०८१ चैत ८ गते १२:५२

काठमाडौं । नवप्रवर्तनकारी अटोमोटिभ कम्पनी प्रोटोनले आफ्नो बहुप्रतीक्षित विद्युतीय सवारी साधन प्रोटोन e.MAS7 लाई काठमाडौंमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्ने यो मोडेल वातावरणमैत्री यातायात समाधानको बढ्दो माग पूरा गर्न नेपालमा भित्र्याइएको हो।

काठमाडौंको हायात रीजेन्सी मा आयोजित भव्य उद्घाटन समारोहमा गण्यमान्य व्यक्ति, अटोमोटिभ विज्ञ, सञ्चारकर्मी, तथा कार प्रेमीहरूको उपस्थितिमा दुई भेरियन्ट—प्राइम र प्रिमियम—मा उपलब्ध e.MAS7 को घोषणा गरिएको थियो। यसको प्रारम्भिक मूल्य ५६,९९,००० (छपन्न लाख उनान्सय हजार) निर्धारण गरिएको छ। आकर्षक छ वटा रङ्ग—प्लाटिनम सिल्भर, टर्क्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज, लिथियम ह्वाइट, र अन्य एक रंग—मा उपलब्ध यस गाडीले नेपाली उपभोक्तालाई व्यक्तिगत शैली अनुसार छनोट गर्ने अवसर प्रदान गर्छ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक श्री अखिल गुप्ता ले उद्घाटन समारोहमा बोल्दै भने, ‘हामी नेपालमा प्रोटोन e.MAS7 सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। नेपाल दिगो यातायातको दिशामा अघि बढिरहेका बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली ग्राहकको अपेक्षा पूरा गर्नुका साथै सरकारको स्वच्छ ऊर्जा नीतिलाई पनि सघाउँछ।

नेपालमा विद्युतीय सवारी साधनका पूर्वाधार विस्तार भइरहेका सन्दर्भमा प्रोटोनले चार्जिङ स्टेसन पूर्वाधारमा समेत लगानी गर्ने योजना बनाएको छ। साथै, जगदम्बा मोटर्स ले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्दै बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने लक्ष्य लिएको छ। प्रोटोनले नेपालको हरित क्रान्तिमा योगदान दिने प्रतिबद्धता जनाएको छ, जसले देशको दिगो यातायात प्रणालीलाई नयाँ गति दिने विश्वास गरिएको छ।

प्रतिक्रिया