राजावादीले आगो लगाएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु
नेपालखोज
२०८१ चैत १४ गते १९:५८

काठमाडौं । तीनकुनेमा राजावादी आन्दोलनका क्रममा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ ।
एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको शव भेटिएको टेलिभिजनका डेस्क सम्पादक शिव दाहालले पुष्टि गरेका हुन् ।
उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।
राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि वरपरका घरमा तोडफोड र आगजनी भएको थियो ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथीको त्यही घरमा जलेको अवस्थामा शव फेला परेको बताए।
सम्बन्धित
प्रतिक्रिया