शुक्रबार, वैशाख १९, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ वैशाख १८ गते ११:४०

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेर १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया