आइतबार, वैशाख २१, २०८२

हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८२ वैशाख २० गते १७:२१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मुगुको छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया