आइतबार, वैशाख २१, २०८२

काल्र्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते काल्र्सबर्गको कोपनहेगन ट्रीप

नेपालखोज २०८२ वैशाख २१ गते १३:०४

काठमाडौं । काल्र्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ’काल्र्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । ’काल्र्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए ।

त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते ।

त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ’लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए ।

त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरुलाई ट्रफी र कल्र्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतिक्रिया