तीन अंकले घट्याे नेप्से, ९ अर्ब २४ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से तीन दशमलव ४४ अंकले घटेर २६ सय २० दशमलव ३९ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले घटेर ४४१ दशमलव ८० अंकमा झरेको छ । नेप्सेमा आज ३२२ वटा कम्पनीको दुई करोड १९ लाख पाँच हजार तीन सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सुचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४३ अंकले बढेर १३ सय पाँच दशमलव ६५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि तीन दशमलव २३ अंकले बढेर पाँच हजार दुई सय ८८ दशमलव ४६ अंकमा चढेको छ ।
निर्जीवन बीमा समहूको सूचक पनि २८ दशमलव ५९ अंकले बढेर १२ हजार दुई सय ६० अंकमा चढेकोमा होटल तथा पर्यटन र उत्पादनमुलक समूहको सूचक पनि क्रमशः तीन दशमलव १७ र ४४ दशमलव १३ अंकले बढेका छन् ।
फाईनान्स समहूको सूचक भने ३२ दशमलव ३९ अंकले घटेर दुई हजार तीन सय ६५ दशमलव ४० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि तीन दशमलव ३९ अंकले घटेर तीन हजार पाँच सय तीन दशमलव ५२ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि ३६ दशमलव ७० अंकले घटेर १२ हजार ९८८ दशमलव ९० अंकमा झरेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ९८, ११ दशमलव ९१, शुन्य दशमलव आठ, शुन्य दशमलव ५२ र ३८ दशमलव १८ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमा माई हाईड्रोपावर कम्पनी परेको छ ।
प्रतिक्रिया