लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुलसहित सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिराहाको सिरहा नगरपालिका-१७ खटोकास्थित अजय होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४८० मिलिग्राम सहित होटलका संचालक भारत मधुबनी कमलाकारी ग्रामपञ्चायत-६ बस्ने ३५ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३२० मिलिग्राम सहित जानकी गाउँपालिका-९ खैरीफाँटा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको देवानगंज गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३२० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय पप्पु यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९५० मिलिग्राम, नेपाली २९ हजार ३०५ रूपैयाँ र भारतीय नगद ४ हजार ६८० रूपैयाँ सहित सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय चन्द्र शेखर मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले को.६ प १६२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४७० मिलिग्राम सहित बेलवारी नगरपालिका-११ बस्ने १९ वर्षीय दिवश धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ महेन्द्र चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार पुर्णिया बस्ने २५ वर्षीय गौरब जैनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-२ बस्ने २१ वर्षीय सन्तोष ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २८ वर्षीय सैलेश बजिमय र साकेला गाउँपालिका–२ बस्ने २२ वर्षीय संगम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले बा.९६ प ५८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २६ वर्षीय रूपेश खड्का र सोही नगरपालिका–४ बस्ने २५ वर्षीय सन्जिप राईबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात रूपेश र सन्जिपलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका–१ बेलडागीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ डिपुचोक बस्ने ३४ वर्षीय रोमन अधिकारी र कमल गाउँपालिका–७ बस्ने २० वर्षीय पवन दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१३ जोगी पोखरी बस्ने २७ वर्षीया कल्पना चौधरी र उनको बुबा ५५ वर्षीय देव नारायण चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगा गाईघाटबाट खटिएको प्रहरीले कल्पनाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित तनहुँ आँबुखैरेनी बस्ने ३२ वर्षीय आशिष गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.५ प ७९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया