फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । यस ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरुले राती १२ः०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् ।
यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भने, ‘हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गइरहेका छौं । हामीले हाम्रा ग्राहकहरुको आवश्यकता बुझेर मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेका हौँ ।’
शुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध छ। यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दनिहरुमा काठमाडौंको अन्य ठाउँहरुमा पनि यो सेवा उपलब्द हुने कुरा कम्पनीले जनाएको छ ।
२०१० मा स्थापना भएको फुडमाण्डु नेपालकै पहिलो र सबैभन्दा लोकप्रिय खाना डेलिभरी कम्पनी हो। हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ । साथै, फुडमाण्डु वानमार्टमार्फत ग्राहकहरूलाई आवश्यक पर्ने दैनिक सामग्रीहरू पनि तुरुन्तै डेलिभरी गर्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया