मंगलबार, वैशाख २३, २०८२

दुवै सदनको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

नेपालखोज २०८२ वैशाख २३ गते ६:२४

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक १२:१५ बजे बस्नेछ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया