सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ वैशाख २३ गते ११:१०

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेर १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया