मंगलबार, वैशाख २३, २०८२

नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव

नेपालखोज २०८२ वैशाख २३ गते ११:४०

काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस सुखद् अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रम भव्यतापूर्वक सञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले देशका सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत् कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कूल ४१२ पिन्ट रगत संकलन गरेको छ ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४औँ वर्ष पूरा गरी पच्चीसौं वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई धन्यवाद दिए ।

प्रतिक्रिया