रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानविन गर्न रञ्जिताकाे माग
नेपालखोज
२०८२ वैशाख २३ गते ११:५७

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै अध्यक्ष श्रेष्ठले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानविन गर्न माग गरे । रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै बिषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताए ।
उनले लोकतन्त्रप्रति विश्वास कायम रहदै सत्यप्रति सरकारको जवाफ टुट्न नहुने धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया