मंगलबार, वैशाख २३, २०८२

‘सरकार जवाफ पनि दिन तयार छैन, यो गैरजिम्मेवारी किन ?’

नेपालखोज २०८२ वैशाख २३ गते १३:०३

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सांसदले संसद्‍मा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने मागगरे । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको शर्माको आरोप छ ।

‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन, यो गैरजिम्मेवारी किन ?,’ शर्माको भने ।

शर्माले प्रतिनिधिसभाको शून्य समय शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरे । ‘म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’

प्रतिक्रिया