बुधबार, वैशाख २४, २०८२

भारतकाे आक्रमणले पाकिस्तानमा दुई बालबालिकासहित सातजनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २४ गते ५:३२

काठमाडाैं । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाले बीबीसीलाई जनाए अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिएको एक सैन्य आक्रमणमा पाकिस्तानमा सातजनाको मृत्यु भएकाे हाे ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् ।

शाहबाज शरीफले भने, ‘पाकिस्तानका जनता र यसका सेना कुनै पनि खतराको सामना गर्न र पराजित गर्न पूर्ण रूपमा तयार छन्।’ ‘शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन।’

प्रतिक्रिया