बिहीबार, वैशाख २५, २०८२

अमेरिकी विदेश मन्त्रालय भन्छ- भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेका छाैं

नेपालखोज २०८२ वैशाख २५ गते ६:३४

काठमाडाैं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेको बताएको छ । 

‘अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् र दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्ने जिम्मेवार समाधानतर्फ काम गर्न आग्रह गर्छन्,’ प्रवक्ताले भने ।

यसअघि, बीबीसी संवाददाता टम बेटम्यानले पाकिस्तानमाथि भारतीय आक्रमणपछि अमेरिकाले संयम अपनाउन अपिल नगरेको बताएका थिए । 

हिजो राति, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको भनाइ दोहोर्‍याउँदै झडप चाँडै समाप्त हुने र शान्तिपूर्ण समाधानतर्फ काम गरिने जनाएका थिए ।

प्रतिक्रिया