बिहीबार, वैशाख २५, २०८२

राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्रीले भने- पहलगाममा भएको घटनामा हाम्राे संलग्नता थिएन

नेपालखोज २०८२ वैशाख २५ गते ७:०८

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा पाकिस्तान संलग्न नभएको बताएका छन् ।

प्रधानमन्त्री शरीफले राष्ट्रलाई सम्बोधन गर्दै पहलगाममा भएको घटनामा पाकिस्तान संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको पनि बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।

भारतीय रक्षा मन्त्रालयले बुधबार बिहान एक विज्ञप्तिमा भनेको छ ‘भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘कुल नौ स्थानहरू’लाई निशाना बनाएको छ।’ पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो सम्बोधनमा भने, ‘भारतले पाकिस्तानमाथि आक्रमण गरेर गल्ती गरेको छ।’ बीबीसी

प्रतिक्रिया