बिहीबार, वैशाख २५, २०८२

जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने सांसद झाको चेतावनी

नेपालखोज २०८२ वैशाख २५ गते १२:१४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य सयमा उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरेका हुन् ।

‘पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले एक्कासी ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो । यसमा पक्कै पनि समृद्ध बिचौलीया, समृद्ध दलाल छिरेजस्तो छ,’ झाले भने, ‘अब यदि जनकुपरको त्यो क्रिकेट रंगशालको परिकल्पना, खेलाडीहरुको सपनामा व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ ।’

प्रतिक्रिया