बिहीबार, वैशाख २५, २०८२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

नेपालखोज २०८२ वैशाख २५ गते १३:२०

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।

पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडित-बाट ५ लाख २० हजार रूपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडित-बाट ८ लाख रूपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडित-बाट ७५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडित-को उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका-१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया