जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार आउन सकेन : सांसद केसी
नेपालखोज
२०८२ वैशाख २५ गते १३:४८

काठमाडाैं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममा जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताए ।
उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे ।
त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रीत हुनुपर्ने धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया