शुक्रबार, वैशाख २६, २०८२

संचालकले १५ अर्ब ६० करोड ठगि गरे, बचत फिर्ता होस्, ‘राजबहादुरले हल्ला मात्रै गरे’

नेपालखोज २०८२ वैशाख २५ गते १६:२९

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।

बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगि गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारुपमा प्रस्तुत नभएकै कारण ठगहरु खुलमखुला हिडिरहेको बताए ।

पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताले बचत फिर्ता नभएको बताए । बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको मागअनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि संचालक उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरुपयोग गरेर संचालक १४ जना कानुन व्यवसायी लगाएको आरोप राजभण्डारीले लगाए । संचालकले समस्याग्रस्त अवस्थाबाट उल्टाउन अधिकांश नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर अदालत पुगेको राजभण्डारीले बताए ।

पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा संचालकले संगठित रुपमा बचत हिनामिना गरेको बताए । सुमेरुमा कसरी संगठितरुपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले संचालक संगठित रुपमा ठगि गरेको बताए । उनले भरत महर्जन नेतृत्वको संचालक समितिदेखि हालसम्मका संचालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनको लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।

‘२०७६ सालमा संचालक समितिबाट राजिनामा दिइसकेको भरत महर्जन २०७९ पौस २२ गते बसेको संचालक समितिको बैठकमा उपस्थिति थिए । उक्त बैठकले ३ अर्ब ३९ करोड बचत रकम गैरकानुनीरुपमा कलेजमा लगानी गरेका थिए’ स्थापितले भने । महर्जनले सुमेरु डेभलप्र्सको जग्गा बच्च २०८१ बैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए ।

पीडित रिता गिरीले आफूहरुको बचत फिर्ताको लागि सरकारले ठगि गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आफूहरुले श्रम गरेर जम्मा गरेको पैसामाथि संचालकले मोजमस्ती गरेको भन्दै गिरीले बताइन् ।

प्रतिक्रिया