भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

भारत र पाकिस्तानबीच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ । मन्त्रालयले दुवै देशले एकअर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने भन्दै युद्धले कुनै समाधान ननिम्त्याउने उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ । यस्तै ब्रुसले भारत र पाकिस्तान बीचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् ।
तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको बताइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको बताइएको छ । यस्तै प्रत्यक्ष वार्तामा पनि अमेरिकाले जोड दिएको छ ।
प्रतिक्रिया