शुक्रबार, वैशाख २६, २०८२

विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था जानकारी गराउन पाण्डेलकाे माग

नेपालखोज २०८२ वैशाख २६ गते १२:२२

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी रुलिङको माग गरेका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ’, उनले भने ।

प्रतिक्रिया