आइतबार, वैशाख २८, २०८२

विदेशमन्त्री जयशंकर भन्छन्- भारत र पाकिस्तान पूर्ण युद्धविराममा सहमत

नेपालखोज २०८२ वैशाख २७ गते २०:२४

काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराममा सहमत भएकाे बताएका छन् । उनले भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सम्झौता भएको बताए ।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भनेका छन्,’भारतले आतंकवादका सबै रूप र अभिव्यक्तिहरू विरुद्ध निरन्तर दृढ र अटल अडान कायम राखेको छ र त्यसो गरिरहनेछ ।’ 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलको एक पोस्टमा ‘तत्काल र पूर्ण युद्धविराम’ सम्बन्धी सम्झौताको बारेमा जानकारी दिएका थिए । त्यसपछि पाकिस्तानका उपप्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमा यसको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया