सोमबार, वैशाख २९, २०८२

पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गरेकाे भारतकाे आराेप

नेपालखोज २०८२ वैशाख २८ गते ६:१६

काठमाडाैं । भारतले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको थियाे । भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गर्दै पाकिस्तानले सम्झौताको उल्लंघन गरेको बताएका हुन् ।

उनले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न आज साँझ सम्झौता भएको छ । पछिल्ला केही घण्टादेखि पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ।’

करिब साढे दुई मिनेटको यस पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ‘हामी विश्वास गर्छौं कि पाकिस्तानले यो अवस्थालाई राम्ररी बुझ्नुपर्छ र यो अतिक्रमण रोक्न तुरुन्तै उचित कारबाही गर्नुपर्छ।’ बीबीसी

प्रतिक्रिया