सोमबार, वैशाख २९, २०८२

अमेरिकाले गर्‍यो चीनसँग व्यापार सम्झौताको घोषणा

नेपालखोज २०८२ वैशाख २९ गते ७:०८

काठमाडाैं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको यो सम्झौताको ह्वाइट हाउसले पुष्टि गरेकाे हाे ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भनेका छन्, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन् । यस सम्झौताको बारेमा जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको छ । यसको विवरण भोलि जारी गरिनेछ।’

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरल पछिल्ला दुई दिन धेरै रचनात्मक भएको बताएका छन् । ‘हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सक्षम भयौँ, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ,’ ग्रीरले भने ।

उनका अनुसार अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका थिए । बीबीसी

प्रतिक्रिया