पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताएकी छिन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बङ्गलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताइन् ।
महिला पत्रकारले अहिले पनि धेरै चूनौतीको सामना गर्नुपरेको छ, ती चुनौतीको सामाना गर्दै अघि बढनुपर्छ, उनले भनिन्, सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ । उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपूर्ण भूमिकाको महत्वपूर्ण भएको बताइन् । उनले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया