पौडी खेल्ने क्रममा डुबेर मृत्यु
नेपालखोज
२०८२ वैशाख २९ गते १८:१४

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।
मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । रासस
सम्बन्धित
प्रतिक्रिया