रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
नेपालखोज
२०८२ वैशाख ३० गते ५:४८

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।
संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिए । अहिले ५० भन्दाबढी बालीको बीउ सङ्कलन गरिएको उनले उल्लेख गरे
कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बताए । -रासस
सम्बन्धित
प्रतिक्रिया