मंगलबार, वैशाख ३०, २०८२

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख ३० गते ७:०८

डेपेइन, म्यान्मा । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो ।

म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो ।

त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ ग¥यो र देशको बागडोर सम्हाल्यो ।

सपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास ग¥यो । अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ ।

स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७।७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ ।

सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै रहेको पुष्टि गरे । जुन्टातर्फबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०२१ मा जुन्टाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेपछि म्यानमार गृहयुद्धमा फसेको छ । विभिन्न सशस्त्र जातीय समूह र जनआन्दोलन लडाकुहरूसँग लगातार लडाईं हुँदै आएको छ ।

मार्चमा गएको भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापना कार्यको लागि भन्दै जुन्टाले मे महिनाभरि युद्धविरामको घोषणा गरेको थियो । तर यो आक्रमणले युद्धविरामको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ । –रासस/एएफपी

प्रतिक्रिया