मंगलबार, वैशाख ३०, २०८२

एयर इन्डियाले सीमावर्ती क्षेत्रका विमानस्थलबाट गर्‍याे उडान रद्द

नेपालखोज २०८२ वैशाख ३० गते ८:५२

काठमाडाैं । भारत र पाकिस्तानबीच युद्धविरामको बीचमा, एयर इन्डियाले यात्रुहरूका लागि एड्वाजरी जारी गरेको छ ।भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरिएको जानकारी दिएको छ ।

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ।’

अर्को एयरलाइन्स इन्डिगोले पनि मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट उडानहरू रद्द गरेको थियाे । साथै यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० मा युद्धविराम सम्झौता भएको थियो । बीबीसी

प्रतिक्रिया