गाजामा १९ महिनादेखि बन्दी बनाइएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर रिहा

काठमाडाैं । हमासद्वारा गाजामा १९ महिनादेखि बन्दी बनाइएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर रिहा भएका छन् । सन् २०२३ अक्टोबर ७ मा गाजा सीमामा इजरायली सेनाको गस्तिमा रहेकाबेला २१ वर्षीय एडनलाई हमास आतंकबादीले कब्जा गरी बन्दी बनाएको थियो ।
जब हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गर्यो, २१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा तैनाथ थिए । एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा जन्मिएका थिए तर उनको हुर्काइ भने अमेरिकाको न्यु जर्सीमा भएको थियो ।
सोमबार, इजरायलले उनको रिहाइ सुरक्षित गर्न गाजामा केही घण्टाको लागि सैन्य कारबाही रोक्यो । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबार मध्यपूर्व भ्रमण अघि सम्भावित नयाँ युद्धविराम सम्झौताको बारेमा सकारात्मक सन्देश पठाउन यो रिहाइ गरिएको हो । अलेक्ज्याण्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिन्छन् । बीबीसी
प्रतिक्रिया