नागढुंगा-मुग्लिन सडक पुननिर्माणको काम तीन सिफ्टमा गरेर चाँडो सकाउन रास्वपाकाे माग
नेपालखोज
२०८२ वैशाख ३० गते १२:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्यालले नागढुंगा-मुग्लिन सडक पुननिर्माणको काम तीन सिफ्टमा गरेर चाँडो सकाउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नागढुंगा-मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू हवाइजहाज र हेलिकोप्टरमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन । नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ ।’
सम्बन्धित
प्रतिक्रिया