बुधबार, जेठ १, २०८२

काठ आयात प्रतिस्थापनमा जोड

नेपालखोज २०८२ वैशाख ३० गते १७:०३

काठमाडौं । सांसद मदनकुमारी शाहले वनबाट मुलुकको आर्थिक समृद्धि आगाडि बढाउनका लागि काठ आयात प्रतिस्थापन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद शाहले विदेशी काठ आयात प्रतिस्थापन गर्दै मुलुकलाई काठमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

अहिले विश्वमा आर्थिक मन्दी भइरहेको बेलामा स्वदेशी वस्तु उत्पादन बढाएर स्वरोजगार बनाउन सकिन्छ, उनले भने, उत्पादन र उत्पादकत्वमा ध्यान दिन सकिएन भने हाम्रा नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैनन । एकताबद्ध आर्थिक विकासमा लाग्नुपर्छ । सांसद गोपाल भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा सिद्धान्त र प्राथमिकतालाई ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थिरता, नीतिमा निरन्तरता तथा विकासमा तीव्रताको उद्देश्य लिनु समग्र दस्तावेजलाई प्रतिनिधित्व गर्छ । समावेशी विकास र सामाजिक न्याय कायम गर्ने सैद्धान्तिक कुरा राम्रा छन् । आगामी बजेटले यसलाई समेटोस्, उनले भने, आर्थिक सम्भावनाको क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्छ । सांसद भुवन सुनारले सरकारले बजेट निर्माण गर्दा आधारभूत वर्गलाई सम्बोधन गर्न नसकेको, उपेक्षित उत्पीडितका लागि, छुवाछूत उन्मूलनका लागि प्राथमिकता र सिद्धान्तमा आउन नसकेको बताए । अहिले मलखादको हाहाकार भयो ।

प्रतिक्रिया