बुधबार, जेठ १, २०८२

भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम

नेपालखोज २०८२ जेठ १ गते १०:३८

भोजपुर । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।

दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक-एक लाख रूपैयाँ सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।

गाउँपालिकाका व्यवसायीमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले बताए । कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख रूपैयाँ, गाउँपालिकाको २० लाख रूपैयाँ र दायित्व संस्थाको १५ लाख रूपैयाँ गरी ७५ लाख रूपैयाँ लागतमा सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया