बुधबार, जेठ १, २०८२

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न

नेपालखोज २०८२ जेठ १ गते ११:४३

काठमाडौं । एनआईसी एशिया लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्ट को उपस्थितिमा संचालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।

यसैगरि लघुवित्तको बाङ्गेसिमल शाखा द्वारा पनि ूवित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखा मा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति थियो ।

लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया