विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी छ । बैठकमा सांसद अच्युतप्रसाद मैनाली कृषिलाई रोजगारमुखी र व्यावसायिक बनाउनुपर्ने र लक्षित वर्गसम्म नयाँ ढङ्गबाट उत्पादनमा आधारित सहुलियत दिनुपर्ने सुझाव राखे ।
सांसद पूर्णकुमार घर्तीमगरले बजेटसम्बन्धी नीति तथा कार्यक्रम नै राष्ट्रको एउटा सिद्धान्त भएको र खर्च गर्न सकिने खालको बजेट ल्याउनुपर्नेमा सुझाव राखे । सांसद अशोककुमार चौधरीले बजेटमाथिको छलफल औपचारिकता मात्र नभएर न्यायोचित, सन्तुलित र दिगो विकासमा केन्द्रित हुनुपर्ने बताए ।
सांसद उदय शम्शेर जबराले पर्यटन क्षेत्रमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएकाले र टिकट महँङ्गो भयो भने पर्यटक नेपाल आउन कठिने हुनेप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले देशको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सन्तुलित विकास गर्न आवश्यक रहेको र मुलुकको आर्थिक समृद्धि गर्ने खालको हुनुपर्नेमा सुझाव दिए ।
सांसद सुशीला श्रीपाली थकालीले कृषिमा लगानी दशक र वैज्ञानिक तालमेल हुनुपर्ने र अर्थतन्त्रलाई बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै योजना बनाउँदा बजेटले धान्न सक्ने खालको बनाउनुपर्ने बताइन् । सांसद लक्ष्मी तिवारीले नीति धेरै भए पनि महिलामैत्री बजेटमा नभएको र अर्थतन्त्र सुधार गर्नका लागि महिलाको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया