बिहीबार, जेठ २, २०८२

के राष्ट्र बैंक दलिय भागबण्डा र सौदावाजी गर्ने निकाय हो ?

नेपालखोज २०८२ जेठ २ गते ११:३४

काठमाडौं । यदि मुलुकको नेतृत्व सही भएको भए, त्यो नेतृत्व देश र जनताप्रति जिम्वेवार र जवाफदेही भएको भए सायद राष्ट्र बैंक आजको दिनसम्म नेतृत्व बिहिनताको अवस्थामा रहने थिए । मुलुकको समग्र अर्थतन्त्रलाई सही दिशानिर्देश गर्नै अर्थमन्त्रालय अन्र्तगतको एउटा स्वायत्त निकाय नेपाल राष्ट्र बैंकलाई लामोसमयसम्म नेतृत्व बिहिन बनाईन्छ भने वर्तमान खड्गप्रसाद ओली नेतृत्वको सरकारबाट आम नेपाली नागरिकले कस्तो शुसासन र समृद्धिको अपेक्षा गर्ने ?

बिसं २०७६ चैत २४ गते गर्भनर पदमा नियुक्त भएका महाप्रसाद अधिकारी बिसं २०८१ चैत्र २४ गत गते आफ्नो पाँच बर्षे कार्यकाल सकेर बिदा भईसकेका छन् । गर्भनर अधिकारीको कार्यकालको समाप्तीको मिती नजिकिंदै गर्दा नैं मुलुकको आर्थिक बृत्तमा नयाँ गर्भनर को हुने, कुल दलको हुने, कस्तो हुने, कुन बिचौलियाले कसलाई बोकेर भावी गर्भनरको लविङ गरिरहेको छ, कति पैसाको चलखेल हुदै छ आदि इत्यादी धेरै बिषयहरुमा चर्चा परिचर्चा सुरु भईसकेका थिए । यसबिचमा भावी गर्भनरको सुचि अर्थात चर्चामा रहेका भनेर धेरै व्यक्तिहरुको नाम पनि सार्वजनिक भए ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र यि क्षेत्रहरुमा कम्तीमा पनि १० बर्षको कार्यगत अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । यस अर्थमा यि योग्यता भएका जो कोही व्यक्ति नेपाल राष्ट्र बैंकको गर्भनर हुन सक्छ । तर यसको लागि सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल र सरकार निकटको व्यक्ति हुनुपर्यो । सरकारले पत्याएको आफ्नै राजनीतिक दलभित्रको व्यक्ति हुनुपर्यो ।

गर्भनर नियुक्तीमा बिगतदेखि नैं हुदैं आएको अभ्यास यही नै हो । अहिले सरकारको नेतृत्व नेपाली काँग्रेसको सर्मथनमा नेकपा एमालेले गरिरहेको छ । एमालेका अध्यक्ष खड्ग प्रुसाद ओली मुलुकको प्रधानमन्त्री रहेका छन् । उनकै पार्टीका नेता बिष्णु पौडेल अर्थमन्त्री रहेका छन् । नेपाल राष्ट्र बैंक अर्थमन्त्रालय मातहतको स्वायत्त निकाय हो । तर पनि यो निकायमा प्रत्यक्ष खटनपटन प्रधानमन्त्री र अर्थमन्त्रीको हुने गरेको छ र आगामी दिनमा पनि त्यही हुन्छ, त्यसमा दुईमत छन् । तर नहोस ।

अहिले काग्रेसको सर्मथनमा एमालेले सरकारको नेतृत्व गरेको र हालका गर्भनर एमालेको कोटाबाट भएकाले अबको गर्भनर नेपाली काग्रेसको पोल्टामा पर्ने भनिएको छ । यसको लागि भावी गर्भनरका आँकाक्षीमारुपमा रहेका ति व्यक्तिहरु जसको नाम अहिले उल्लेख नगरौं, ति व्यक्तिहरुले राजनीति दलका उच्च नेताहरुको दैलौ चार्हाने काम सुरु गरिसकेकाछन् । केही बिचौलिया यि व्यक्तिहलाई मुलुकको भावी गर्भनर बनाउँदैछौं, भन्दै उद्योग व्यवसायीहरुबाट रकम समेत उठाउने गरेको सुनिएको छ ।

सिंगो मुलुकको अर्थतन्त्रको मुल जड नैं भनौं नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीको लागि बाहिर बजारमा सामान किनेको जस्तो गरी यसरी मोलमलाई हुनु, सिंगो मुलुकको लागि लज्जास्पद बिषय हो । प्रशंग जोडौं मुलुक अहिले ग्रे लिष्टमा रहेको छन । यसका धेरै कारणहरु मध्येको एउटा कारण दलिय स्र्वाथमा हुने यि यस्तै निर्णय पनि हुन । खैर जे होस अहिले मुलुकको सिंगो आर्थिक क्षेत्र भावी गर्भनर को हुने, कस्तो हुने, कुन पार्टीको हुने भन्ने बिषयमा केन्द्रित रहेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिको लागि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । सो अनुसार अर्थमन्त्री पौडेलको संयोजकत्वमा यसअघि अर्थबिद बिश्व पौडैल र पुर्वगर्भनर बिजयनाथ भट्टराई सहितको तीन सदस्यीय गर्भनर छनौंट सिफारिस समिती गठन भएको थियो । तर गठन भएको महिना दिनसम्म पनि एक पनि बैठक बस्न नसकेको भन्दै पुर्वगर्भनर बिजयनाथ भट्टराईले राजीनामा दिए ।

त्यसपछि सरकारले निर्वतमान गर्भनर महाप्रशाद अधिकारीलाई उक्त समितीमा राखेको छ । तर अहिले पनि समितीको बैठक बस्न सकेको छैंन । समितीमा रहेका ति व्यक्ति अर्थमन्त्री पौडेल र निर्वतमान गर्भनर एमालेका हुन । एमालेका बहुमत सदस्य रहेको समितीमा बिश्व पौडेलले कस्तो भुमिका खेल्छन, त्यो पनि हेर्न बाँकी रहेको छ । गर्भनर छनौंट सिफारिस समितीले भावी गर्भरको लागि हालका कामु गर्भनर डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र मध्येबाट एक जना र अन्य दुई जना समेत गरी तीन जनाको नाम सिफारिस गरी भावी गर्भनरको लागि गठित समितीमा पठाउनु पर्ने हुन्छ ।

सो मध्ये ढुंगाना आफै पनि गर्भनरको दावेदार हुन । गर्भनरका अन्य दावेदारहरुमा डा. रविन्द पाण्डे, डा. राजेन्द्र किशोर क्षेत्री, नबिल बैंकका पुर्वप्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र प्रसाद ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला समेतको नाउँ चर्चामा रहेको थियो । तर अहिले यि सबैको च्याप्टर क्लोज जस्तै भईसकेको छ ।

अहिले काँग्रेस र एमाले गठबन्धनबिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गर्भनर बनाउने बिषयमा सहमती कामय भएको छ । यो सहमती कायम भएको पनि लामो समय भईसकेको छ । सरकारले यसअघि क्षेत्री र पाण्डेलाई गर्भनर बनाउन गर्भनरको मापदण्ड सम्वन्धी ऐन नै संशोधन गरेको थियो । तर उक्त संशोधन र डा. गुणाकर भट्ट समेतको नाउँमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सरकारले राजनीतिक दबाब र प्रभावमा परेर गभर्नरको नियुक्तिमा समेत लागू हुनेगरी मापदण्डमा गरेको संशोधनविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा गभर्नरको दौडमा रहेका केही पूर्वप्रशासकलाई लक्षित गरी मापदण्डबाट ६५ वर्षे उमेर हद हटाइएकाले उक्त संशोधन बदर गर्न माग गरिएको थियो । उक्त रिट उपर न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको सयुुक्त इजलासले यसअघिकै आदेशलाई निरन्तरता दिएपछि गर्भनरको लागि उमेरको मापदण्ड कायम नैं भएको छ । यसले गर्दा राष्ट्र बैंकको १८ औं गर्भनरकोरुपमा डा. भट्टलाई हेरिएको छ । सर्वोच्च अदालतले पनि भट्टलाई गर्भनर बनाउन बाटो खोलिएको र दुई दलीय गठबन्धनबिच पनि भट्टको बिषयमा सहमती बनेपछि उनी गर्भनर नियुक्त हुने लगभग पक्कापक्की जस्तै भएको छ । तर अझै पनि गर्भनर नियुक्तीले बाटो पहिल्याउन सकेको छैन ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक गर्भनर नियुक्तीका बिषयमा कुरा उठाउने गरेका छन् । सो बिषयमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भने टालटुले जवाफ दिएर फर्काउने गरेका छन् । गर्भनर नियुक्तीका बिषयमा ओली के स्वार्थ छ, त्यो उनैले जानुन । तर उनले पछिल्लो पटक यसैसाता गर्भनर नियुक्त गर्ने बचन देउवालाई दिएका छन् । हेरौं, ओलीको त्यो बचन पुरा हुन्छ, हुदैन ।

मुलुकको पछिल्लो सबै अवस्थाहरुलाई हेर्दा एउटा कुरा सम्झिन मन लाग्छ, तत्कालीन समयमा जब वर्तमान प्रधानमन्त्री ओलीले सकुशलरुपमा मृगौला प्रत्यारोपण गरे त्यो समयमा उनले जनता सामु सञ्चारमाध्यममार्फत भनेका थिए, अब मेरो बाँकी जीवन देश र जनताको लागि हो । तर आजसम्म नेतृत्व, पक्ष र प्रतिपक्षमा बसेर गरेको काम हेर्दा लाग्छ, उनको जीवन न देशको लागि भयो, न जनताको लागि । उनको जीवन त खाली आफ्ना पार्टीका केही सिमित, नेता, कार्यकर्ता, तथा आफ्ना नजिकका आफन्त, हितैषी र उद्योगी व्यापारीहरुको लागि मात्र भयो । जो खड्ग प्रसाद ओलीकै छत्र छायाँमा रहेर सामान्यस्तरबाट उठेर करोडपती, अर्बपति बने ।

जनताले ले त के पाए, महँगी, भ्रष्टाचार, खाडीको चर्को घाम, ठगी र पीडा । राज्यबाट जनताले पाएको आजसम्म यही हो । यदि यसलाई सत्य नमान्ने हो, भने भ्यु टावरले मुलुकले कुन कोणबाट समृद्धि हाँसिल गर्न सक्छ । भ्यु टावरको लागि राज्यकोषबाट भएको अर्बो रुपैंयाँ खर्च, उत्पादन र रोजगारी बृद्धिको लागि, सडक पुर्वाधार, खानेपानी, मल, बिउको लागि, व्यवसायीक कृषिको लागि, शिक्षा र स्वास्थको लागि खर्च गरिएको भए धेरै हदसम्म यसले मुलुकको समृद्धिको लागि एउटा मात्र भएपनि इट्टा थप्न सक्थ्यो ।

म शव्द, अहंकार, निरकुश र घमण्डको प्रतिक हो । जबसम्म खड्गप्रसाद ओली नेतृत्वले मेरो सरकार, मेरो कार्यकाल, भन्छ, देशका कहिले शुुसासन आउँदैन । समृद्धि त निकै परको कुरा । यदि आउँथ्यो भने त खड्गप्रसाद ओली कयौं पटक मुलुकको नेतृत्वमा पुगिसके । शुसासन र समृद्धि धेरै अघि आईसक्नु पर्ने थियो ।

प्रधानमन्त्री ओलीमा अहिले पनि यो देशमा आफु भन्दा जान्ने, आफु भन्दा बुज्ने, आफुजति ज्ञान र बुद्धिमान, आफुभन्दा ठुलो कोही छैन भन्ने भ्रम रहेको छ । उनी अहिले पनि त्यही भ्रममा बाँचिरहेका छन् । आफुले जे बोल्छु, जे भन्छु, त्यो नैं अन्तिम सत्य हो भन्ने बुझाई ओलीको रहेको छ । तर समय परिस्थितीले ओली स्वंमलाई यो बुझाई भ्रम र असत्य सावित गरिदिन्छ, यो धुवसत्य कुरा हो । समुद्र नैं नभएको देशमा आफ्नै पानी जहाजको कुरा गरे, आम नेपाली नागरिक दुई छाक पेटभर खानको जोहो गर्नको लागि दुबई कतार पुगेको अवस्थामा आफ्नै स्याटलाईटको कुरा गरेर, घरघरमा पाईपलाईनबाट ग्याँस पुर्याईदिन्छु भनेको भरमा, कुनै कुटनीतिक पहल, दुईतर्फी वार्ता सहमतीको भरमा जनतालाई दिग्भ्रमित पार्नकै लागि चुच्चे नक्सा जारी गरेकै आधारमा मुलुकमा समृद्धि आउँदैन, हुदैन पनि ।

मुलुकको बिकास र समृद्धिको, शुसासनको लागि भाषण गरेर कहिले नथाक्ने, आफ्नो बाँकी जीवन देश र जनताको लागि भनिरहने, म भ्रष्टाचार गर्दिन, गर्न दिन्न, भ्रष्टाचार गर्र्नेको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको नाकैमुनि यति धेरै भ्रष्टाचार भएका छन, वरिपरि यति धेरै भ्रष्टाचारीहरु रहेका छन् । खै त तिनीहरुलाई कारवाही गरेको । अहिले भ्रष्टाचार सम्वन्धी जतिपनि कुराहरु आएका छैन, ति सबैको अवस्था हेर्दा त यो सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न, मलजल गर्न आएको जस्तो देखिन्छ ।

आज एउटा कुनै सामान्य काम लिएर कुनै एउटा एमालेको नेता कार्यकर्ता कहाँ पुग्यो, भने त्यो नेता कार्यकर्ताले सिधै भन्छ, अहिले हाम्रो नेतृत्वमा सरकार छ, यो बेला त पैसा कमाउने बेला हो, पैसा आउने काम ल्याउनुस न । यहाँ नाम उल्लेख नगरौं, यस्तो भन्ने एमाले नेता तथा कार्यकर्ताको सुची धेरे लामो छ ।

प्रतिक्रिया